विज्ञप्तिले बिग्रिएको छवी सुधार्दै अध्यक्ष ढुंगाना, सेयर मार्जिन कर्जाको सिमा घट्न नदिने प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 10:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना बिज्ञप्तीले बिग्रिएको छवी सुधार्ने अभियानमा जुटेका छन्। जारी बिज्ञप्तीमा जोखिमयुक्त ५१ कम्पनी भन्ने शब्दले बिग्रिएको छवी सुधार्ने प्रयास अन्तर्गत ढुंगानाले अर्को विज्ञप्ति निकाल्ने भएका हुन्। 

बिभिन्न सूचकलाई आधार मान्दा छोटो समयमा महँगो देखिएका कम्पनी र त्यस्ता कम्पनीमा लगानीगर्दा जोखिम बढ्ने संदेश दिन खोज्दा विज्ञप्तिको शब्दकै कारण आलोचना बढेपछि उनले यस्तो कदम चाल्ने भएका हुन्। 

बिभिन्न सूचकको आधारमा ५१ वटा कम्पनीलाई अध्ययनको लागि छनौट गरीएपनि यी कम्पनी जोखिमयुक्त छन् भन्ने संदेश दिन नखोजेको तर विज्ञप्तिमा उल्लेख शब्दले बजारमा जोखिमयुक्त ५१ कम्पनी भन्ने संदेश गएको अध्यक्ष ढुंगानाले बिजपाटीलाई बताए। 

५१ कम्पनीको नाम नै तोकेर विज्ञप्ति जारी भएपछिको बजारमा गएको नकारात्मक संदेशलाई न्यूनीकरण गर्नका लागि छिट्टै नै बिभिन्न सूचकलाई आधार अरु सुचिकृत कम्पनीको पनि नाम सार्वजनिक गरिने ढुंगानाको भनाई छ। 

यसका लागि बोर्डमा काम भईरहेको र २-४ दिनमा नै अरु सुचिकृत कम्पनीहरुको पनि बिभिन्न सूचक सहितको विवरण सार्वजनिक हुने उनले बताए। 

"हामीले कुनैपनि कम्पनीलाई जोखिमयुक्त भनेका छैनौ, हिजोको विज्ञप्तिमा पनि जोखिमयुक्त भन्ने शब्दले बजारमा नकारात्मक संदेश गएको हो, त्यहि भएर बिभिन्न सूचक सहित थप अरु सुचिकृत कम्पनीहरुको पनि सुची सार्वजनिक गर्दैछौं, त्यसको काम भईरहेको छ" उनले भने। 

आफुहरुले राम्रै नियतले जोखिमयुक्त मानिने आधार तय गरेर विज्ञप्ति सार्वजनिक गरेपनि बजारमा त्यसलाई नकारात्मक रुपले व्याख्या गरिएको उनले गुनासो व्यक्त गरे। 

त्यस्तै आफुबिरुद्द अख्तियारमा परेको उजुरीबारे पनि अध्यक्ष ढुंगानाले प्रतिकृया दिएका छन्। बेनामी उजुरी परेको र त्यस उजुरीका कारण आफुलाई कुनै पनि प्रतिकृया नआएको उनले बताए।

त्यसतै अध्यक्ष ढुंगानाले अर्थमन्त्रीले आफुलाई बजारलाई मोनिटर गर्दै गर्नुस् भन्ने निर्देशन दिएको समेत बताए। 

विज्ञप्तिकै बिषयलाई लिएर नभई अरु नै कामले अर्थमन्त्रालय गएको स्पष्ट पार्दै अध्यक्ष ढुंगानाले भने, "अरु नै कामले अर्थमन्त्रालय जाँदा सेयरबजारबारे सोधिएको प्रश्नको जवाफमा बजारमा सबैकुरा ठिकठाक भएको बताएको हो तर बजारमा मलाई निर्देशन दिईयो भन्ने किसिमले समेत चर्चा भएको रहेछ त्यो सत्य होइन।"

अर्थमन्त्री बिष्ण पौडेलसँगको भेटवार्ता पश्चात अध्यक्ष ढुंगानाले मौद्रिक नीति मार्फत सेयरधितोको कर्जाको सिमा नघट्ने र त्यसको लागि आफुले सम्बन्धित निकायमा कुराकानी गरिसकेको बताए। ढुंगानाको यस प्रतिकृयालाई विज्ञप्ति मार्फत बिग्रिएको छवी सुधार्न गरिएको प्रयासको रुपमा समेत व्याख्या गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved