
गत आर्थिक वर्ष ७७/७८ मा ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited को खुद नाफा २८३.०८ प्रतिशतले बढेको छ। अधिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ९४ लाख रहेकोमा गतवर्ष खुद नाफा बढेर २२ करोड ७६ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशतले बढेर ४५ करोड ३१ लाख पुगेको छ । कम्पनीको सापटी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ भने ७७.४८ प्रतिशतले बढेर ६ अर्ब १६ करोड रहेको छ। त्यस्तै कम्पनीको निक्षेप ६२.३५ प्रतिशतले बढेर २ अर्ब १३ करोड पुगेको छ । ४३ करोड १७ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३४ करोड ५४ लाख रहेको छ ।
अघिल्लो रिपोर्टमा कम्पनीले ११ करोड प्रोभिजन गरेकोमा कम्पनीको नाफा घटेको देखिएको थियो । प्रोभिजन राइट ब्याक भएसंगै कम्पनीको कम्पनीको खुद नाफामा ठूलो वृद्धि देखिएको हो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा, प्रति शेयर नेट वर्थ १८० रुपैयाँ ०२ पैसा र मूल्य आम्दानी अनुपात ५३.३८ गुणा रहेको छ । कम्पनीको खराब कर्जा भने १.९४ प्रतिशतबाट घटेर २.६६ प्रतिशत पुगेको छ ।