नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 01:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्स Sanima Life Insurance Company को शेयर सुचिकृत भएको छ  । कम्पनीको २ करोड कित्ता शेयर सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएसंगै बिहिबारबाट लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। कम्पनीको पहिलो कारोबारको लागि १०३.१७ देखि ३०९.५१ सम्मको रेन्ज तोकिएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ।  यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको SLI सिम्बलबाट कारोबार हुने छ  ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।  गोलाप्रथाबाट ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका थिए । यस आईपिओमा २४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको थियो । यो ६.८४ गुणा बढी हो ।

आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved