सबैको लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 10:21:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तक SABAIKO LAGHUBITTA BITTIYA SANSTHA  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९ सय ८६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश गरि कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २० करोड ६० लाख २७ हजार रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved