छुट्नुहोला ! रिडी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 09:34:45 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी Ridi Hydropower Development Company को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। रिडी हाइड्रोले कात्तिक २२ गते डाकेको साधारणसभाको लागि कात्तिक २ गते बुक क्लोज गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन। 

रिडी हाइड्रोले कम्पनीले कार्तिक २२ गते भर्चुअल मध्यमबाट साधारणसभा आह्वान गरेको हो। सभामा लाभांश सहितक विभिन्न प्रस्ताव पेश हुने छन् । कप्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । 

त्यस्तै सभामा रिडी हाइड्रोले रैराङ हाइड्रोलाई गाभ्ने/प्राप्ति गर्ने विशेष प्रस्ताव पेश हुने छ । सभामा कम्पनीको उदेश्य थप गर्ने प्रस्ताव समेत पेश हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved