१८ बैंकको लाभांश घोषणा हुँदा नबिलको उच्च, सनराइजको न्यून, औसत लाभांश १६.१० प्रतिशत (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 11:10:17 AM मा प्रकाशित

laxmi  sunrise bank

हालसम्म १८ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । कार्तिक २३ गते बिहान ११ बजे सम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये १८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । 

यी मध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव सनराइज बैंकले गरेको छ । नबिल बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरि कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

नबिल बैंकपछि हिमालयन बैंकको लाभांश उच्च छ  । हिमालयनले २१.३६ प्रतिशत बोनस र ४.६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ  । त्यस्तै   सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत ,र  प्राइम बैंकले १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद गरि कुल १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनएमबि बैंकले १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । त्यस्तै एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

 नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रतिशत , बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरि ७ प्रतिशत लाभांश घोषणा गरेको छ  । 

हालसम्म घोषणा गरिएका १८ बैंकको औसत नगद लाभांश २.५९ प्रतिशत, औसत बोनस शेयर १३.५१ प्रतिशत र कुल औसत लाभांश १६.१० प्रतिशत रहेको छ । 

अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, प्रभु बैंक, र नेपाल एसबिआइ बैंकको  लाभांश घोषणा हुन् बाँकि छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन  । 

 बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved