सोल्टी होटेलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 11:25:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटेल Soaltee Hotel  ले साधारणसभाको एजेण्डा सार्वजनिक गरेको छ  । कम्पनीले यस अघि नै साधारणसभाको मिति घोषणा गरेकोमा आज सभामा पेश हुने प्रस्ताव सार्वजनिक गरेको हो । 

मङ्सिर २८ गते भर्चुअल माध्यमबाट आफ्नै केन्द्रीय कार्यालयमा  सभा आह्वान गरेको छ। सभामा  आर्थिक वर्ष २०७७/०७८ (२०२०/२१) को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ (२०२०/२१) को वार्षिक आर्थिक विवरणहरु, (Financial Statements), २०७८ आषाढ मसान्तको वासलात (वित्तीय स्थितिको विवरण), सोही मितिमा समाप्त भएको नाफा-नोक्सान हिसाब (नाफा वा नोक्सान तथा अन्य विस्तृत आय विवरण), नगद प्रवाह विवरण (नगद प्रवाहको विवरण), तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण र यस कम्पनी तथा कम्पनीको सहायक कम्पनीहरुको आर्थिक वर्ष २०७७/०७८ (२०२०/२१) को वित्तीय विवरणहरु समेत समावेश रहेको कम्पनीको एकिकृत आर्थिक विवरणहरु, (Consolidated Financial Statements) उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) को लागि कम्पनीको बैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने,  कम्पनीको संचालक समितिमा संगठित संस्थाबाट मनोनित हुनु भएका संचालकहरुको सम्बन्धमा जानकारी लिने, संचालक मनोनित गर्ने संगठित संस्था शेयरधनीहरु बाहेकका सर्वसाधारण शेयरधनीहरुबाट तीन जना संचालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र संचालक नियुक्त गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले नगद र बोनस शेयर वितरणको प्रस्ताव गरेको छैन । कम्पनीले सभा प्रयोजनको लागि मङ्सिर ६ गते देखि मङ्सिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved