लक्ष्मी बैंकको साधारणसभा आह्वान, कहिलेसम्म कायम सेयरधनीले पाउँछ लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 10:57:00 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले बार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंकले पुष ८ गतेको लागि तय गरेको आफ्नो २१ औं बार्षिक साधारणसभा प्रयोजनार्थ यहि मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले यहि मङ्सिर २३ सम्म कायम सेयरधनिहरुले मात्रै बैंकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

बैंकको साधारणसभाको एजेन्डामा प्रस्तावित लाभांश स्वीकृति गर्ने लगायतका बिषयहरु रहेका छन्। बैकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।  हाल बैंकको चुक्तापुंजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved