१ वाणिज्य बैंक सहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 08:24:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १९ गते सोमबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १९ गतेसम कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सिभिल बैंक Civil Bank Limited  ले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  

बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकको सभामा सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,  आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।

त्यस्तै रिलायन्स फाइनान्सले  Reliance Finance  ले पनु पुस ३० गते नै साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved