नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 22, 2022 | 06:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्द लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ    बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्    

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ    लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन्    कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ     

 

कम्पनी परिचय

यस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।

यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।

आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।

संस्थापक / सञ्चालक सम्बन्धी जानकारीः

कम्पनीको आधारभूत शेयरधनीमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,(नेष्डो नेपाल) , प्रभु वैंक लि र विश्व प्रकाश प्रसाई ठकुरी रहेका छन् । नेष्डो नेपालसँग कम्पनीको १२ लाख कित्ता शेयर, प्रभु बैंकसँग १ लाख २५ हजार कित्ता शेयर र विश्व प्रकाश प्रसाई ठकुरीसँग कम्पनीको ३७ हजार ५ सय कित्ता शेयर रहेको छ ।

कम्पनीको सञ्चालकमा साबीत्री खत्री क्षेत्री लामिछाने, विश्व प्रकास प्रसाई ठकुरी, रत्न प्रसाद अधिकारी, रेशम बहादुर खत्री, र प्रेम शर्मा पौडेल रहेका छन् । कम्पनीको अध्यक्ष साबीत्री खत्री क्षेत्री लामिछाने हुन् भने प्रबन्ध सञ्चालक विश्व प्रकास प्रसाई ठकुरी रहेका छन् ।

कम्पनीले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुलाई प्रति बैठक भत्ता बापत रु.५,०००।– प्रदान गर्ने गरेको  छ । त्यस्तै वित्तीय संस्थाको कामको सिलसिलामा सञ्चालकहरुलाई   स्वदेशमा दैनिक भत्ता रु.२५००,  भारतमा दैनिक भत्ता भा.रु.२५००,  भारत बाहेकका अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर २०० र  भ्रमण भत्ता, यातयात तथा आवास सुविधा वास्तविक बिल बमोजिम प्रदान गर्ने गरेको छ ।

ब्यबस्थापन विवरण

कम्पनीमा  प्रबन्ध सञ्चालकले कार्यकारी पद सम्हालेका छन्  । अर्थात् प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाई ठकुरी नै कम्पनीको कार्यकारी पदमा रहेका छन् । उनी विगत ३० वर्ष देखि नेष्डो नेपाल मार्फत सामाजिक क्षेत्रमा छन् भने २० वर्ष देखि नेष्डो वचत तथा ऋण सहकारी संस्थामा रही वचत तथा ऋण सम्बन्धी नीतीगत व्यवस्थापन अनुभव हाँसिल गरेका छन् । त्यस्तै १९ वर्ष भन्दा वढि समय लुघवित्तीय गैर सरकारी संस्थानेष्डो नेपालमा कार्यकारी प्रमुख रही कार्य गरेको अनुभव उनीसंग छ । उनले एमए र बीएल गरेका छन्

कम्पनीको बरिष्ठ प्रबन्धकमा युधिष्टिर भुषाल शर्मा रहेका छन् भने नारायण प्रसाद शर्मा प्रबन्धक रहेका छन् । कम्पनीमा २२० स्थायी, र ५६ स्थायी गरि कुल ३१४ कर्मचारी रहेका छन् ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ मा प्रबन्ध संचालक विश्व प्रकाश प्रसाद ठकुरीले १९ लाख ५० हजार, बरिष्ठ प्रबन्धक युधिष्टिर भुषाल शर्माले ९ लाख १९ हजार र प्रबन्ध नारायण प्रसाद भट्टराईले ८ लाख ५० हजार ४ सय पारिश्रमिक लिएका छन् ।

वित्तीय विवरण

आर्थिक वर्ष ७६/७७ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी १७ करोड २१ लाख, जगेडा तथा  कोषहरु २७ करोड ७८ लाख,  तिर्न बाँकि कर्जा सापटी ३१ करोड २५ लाख रहेको छ  । त्यस्तै यस अवधिमा कम्पनीको ब्याज आम्दानी ६२ करोड ७२ लाख , खुद ब्याज आम्दानी ४० करोड ५६ लाख, संचालन मुनाफा १५ करोड १३ लाख, र खुद नाफा ९ करोड ७८ रहेको छ ।

आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको रिजर्भमा ४३ करोड ५१ लाख, ब्याज आम्दानी ५९ करोड ७२ लाख, खुद ब्याज आम्दानी ४१ करोड ३६ लाख, कुल संचालन आम्दानी ४८ करोड ७८ लाख, संचालन मुनाफा २५ करोड ९२ लाख, ४ खुद नाफा १६ करोड ३३ लाख रहेको छ ।

आर्थिक वर्ष ७८/७९ को पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको रिजर्भमा ५४ करोड ३ लाख, तिर्न बाँकि कर्जा सापटी ३३ करोड ३४ लाख, निक्षेप २ अर्ब ३७ करोड, ब्याज आम्दानी २९ करोड ५ लाख, खुद ब्याज आम्दानी १८ करोड ७५ लाख, कुल संचालन आम्दानी २३ करोड २० लाख, संचालन मुनाफा १७ करोड ४ लाख, र खुद नाफा १० करोड ७३ लाख रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९,७९/८० र ८०/८१ मा कम्पनीको चुक्ता पुँजी क्रमश ३३ करोड १५ लाख, ४४ करोड ७५ लाख र ६२ करोड ६५ लाख हुने प्रक्षेपण गरेको छ । यस हिसाबमा कम्पनीले यी आर्थिक वर्षमा क्रमश ३० प्रतिशत, ३५ प्रतिशत र ४० प्रतिशत बोनस लाभांश बितरण गर्ने प्रक्षेपण गरेको देखिन्छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९,७९/८० र ८०/८१ मा कम्पनीको रिजर्भ क्रमश ५९ करोड ४४ लाख, ८४ करोड ५३ लाख, १ अर्ब १९ करोड हुने प्रक्षेपण गरेको छ । त्यस्तै यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानी ५० करोड ७० लाख, ७७ करोड ३४ लाख, १ अर्ब २४ करोड हुने प्रक्षेपण गरेको छ । यस अवधिमा कम्पनीले संचालन मुनाफा क्रमश ४० करोड ६५ लाख, ६३ करोड ८६ लाख, र ९२ करोड ७७ लाख हुने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९,७९/८० र ८०/८१ मा कम्पनीको खुद नाफा क्रमश २६ करोड २६ लाख, ४१ करोड ४ लाख, र ५९ करोड ४३ लाख हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले माथि उल्लेखित वित्तीय प्रक्षेपणको लागि निम्न अनुसारको आधार पेश गरेको छ ।

प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ क्रमश ९६.०२ रुपैयाँ, ३०२.०८ रुपैयाँ, र २६०.८४ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८ को असार मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ  ३५२.२३ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश ३६३.११ रुपैयाँ, ३९० रुपैयाँ र ४०७.५९ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी क्रमश १.८६  रुपैयाँ, १११.६५  रुपैयाँ, र  ५६.८७  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८ को असार मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी  ९४.८८ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश १०२.९९  रुपैयाँ,  १२३.८१  रुपैयाँ र १३२.८९  रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

उक्त प्रक्षेपित वित्तीय विवरणहरु पुनरावलोकन गरी यथार्थपरक रहेको छ  भनि वि.आर.वि.एस. एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्सका चार्टर्ड एकाउण्टेण्ट विशाल राज भुसालले प्रमाणित गरेका छन् । यस सेवा वापत कम्पनीले उनलाई ७० हजार पारिश्रमिक दिने छ ।

आईपिओबाट उपलब्ध हुने पुँजीको उपयोग

कम्पनीले आईपिओबाट उपलब्ध हुने ८ करोड २८ लाख ७५ हजार मध्ये ५० प्रतिशत अर्थात ४ करोड १४ लाख ३७ हजार ५ सय रुपैयाँ प्रशुपालन तथा कृषि कर्जामा, २५ प्रतिशत अर्थात् २ करोड ७ लाख १८ हजार ७ सय ५० रुपैयाँ खुद्रा ब्यापार र सेवा कर्जामा र बाँकि २५ प्रतिशत अर्थात् २ करोड ७ लाख १८ हजार ७ सय ५० रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गर्ने कम्पनीले उल्लेख गरेको छ  ।

प्रत्याभूति र बिक्रि प्रबन्धक विवरण

  निष्कासन गरिने शेयरहरु पूर्ण रुपमा बिक्री नभएमा कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाण्डौसँग निष्काशित रकमको शत्प्रतिशत अर्थात ८,२८,७५० थान साधारण शेयरका लागि प्रत्याभूति सम्झौता गरेको छ । यस सेवा वापत कम्पनीले एसबिआई मर्चेन्टलाई ६० हजार सेवा शुल्क दिने छ ।

कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । यस सेवा वापत कम्पनीले क्यापिटललाई १ लाख सेवा शुल्क दिने छ ।

क्रेडिट रेटिङ विवरण

कम्पनीले निष्काशन गर्ने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्युर रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौंबाट इस्युर रेटिङ्ग गराई “[ICRANP-IR] BB* (pronounced ICRA NP Issuer Rating Double B Plus)" प्रमाणपत्र प्राप्त गरेको छ । “ICRANP-IR| BBt ले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने बुझिन्छ । ईक्रा नेपाल लि.ले “ICRANP-IR AAA" देखि “ICRANP-IR D " सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग ICRANP- IR AAA" ले Highest degree of Safety Regarding Timely Servicing of Financial Obligation जनाउँछ भन्ने “ICRANP-IR D ले Default or are Expected to be in Default soon भन्ने जनाउँछ। ईक्रा नेपाल लि.ले वित्तीय संस्थालाई मिति २०७८/०२/१०(तदनुसार २४ मे, २०२१) गतेको पत्रबाट क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको हो र सो क्रेडिट रेटिङ्गको बहाल रहने अवधि २३ मे, २०२२ सम्म रहनेछ ।

क्रेडिट रेटिङ सेवा दिए वापत कम्पनीले ईक्रा नेपाललाई एक लाख उनन्साठी हजार पाँच सय रुपैयाँ सेवा शुल्क प्रदान गर्ने छ ।

पहिलो कारोबार

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले सुरुवाती रेन्ज तोक्ने गरेको छ । नेप्से कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको हालको नेटवर्थ ३५२.२३ रुपैयाँ रहेकोले कम्पनीको पहिलो कारोबारको लागि १०५६.६९ रुपैयाँसम्म रेन्ज तोकिने सम्भावना देखिन्छ । यद्यपि ३५२.२३ देखि १०५६.६९ बीचको जुनसुकै रेन्जबाट पहिलो कारोबार सुरु हुन सक्छ । 

नोट : यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved