कुमारी क्यापिटलले जेठ १२ देखि म्युचुल फण्ड निष्काशन गर्ने, १२ करोडसम्मको आवेदन दिन मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 08:31:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले जेठ १२ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये न्युनतम १ करोड ८० लाख इकाई वा बिक्रि भएको १५ प्रतिशत इकाई कोष प्रबर्दक कुमारी बैंकको लागि छुट्याईएको छ ।   बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

  आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २७ गतेसम्म आवेदन दिन सकिने छ ।  

यी इकाईहरु नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भई कारोबार गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved