नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्नको लागि टेण्डर आह्वान गरेको छ । नेप्सेले शनिवार टेण्डर आह्वान गर्दै योग्य तथा इच्छुक कम्पनीलाई असार ७ गते दिउँसो १२ बजे सम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।
सोहि दिन दिउँसो १ बजे बोलपत्र खोलिने नेप्सेले जनाएको छ । नेप्सेले बोलपत्र संगै २ लाख २५ हजार रुपैयाँ धरौटी राख्नु पर्ने जनाएको छ । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे बनाउनु पर्ने नेप्सेले उल्लेख गरेको छ । उक्त साँढे पित्तलको हुनु पर्ने नेप्सेले जनाएको छ ।
विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको मुर्ति राख्ने प्रचलन छ। सोहि अनुसार नेप्सेले पनि साँढेको मुर्ति राख्न लागेको हो ।