नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २८ लाख ६५ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । आज ३ कम्पनीको गरि कुल २८ लाख ६५ हजार ९ सय १९ दशमलव ३९५९ कित्ता शेयर सुचिकृत भएको हो ।
आज समृद्धि फाइनान्सको ५० प्रतिशतले हुन आउने १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयार, सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशतले हुन आउने ६ लकः ७८ हजार ३ सय ९७ दशमलव ४९५९ कित्ता बोनस शेयर र साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशतले हुन आउने २ लाख ३० हजार ४ सय ८२ दशमलव ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।