नेप्सेमा बलेफी हाइड्रोको शेयर सुचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 02:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बलेफी हाइड्रोको शेयर सुचिकृत भएको छ । आज कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सुचिकृत भएको हो 

आज मंगलबार शेयर सुचिकृत भएसंगै बुधबार बाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९३.६४ रुपैयाँ देखि २८०.९२ रुपैयाँसम्मको रेन्ज तोकेको छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएमा नेप्सेमा नियमित रुपमा कम्पनीको शेयर कारोबार हुने छ।   ९३.६४ रुपैयाँ देखि २८०.९२ रुपैयाँसम्मको रेन्ज रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीको कारोबार BHL सिम्बलबाट हुने छ । 

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो  भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved