कुन मूल्यमा भयो बलेफी हाइड्रोको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 10:47:54 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बलेफी हाइड्रोको शेयर कारोबार सुचारु भएको छ । आज बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको कारोबार सुचारु भएको हो  

कम्पनीको पहिलो कारोबार १०४ रुपैयाँ ७ पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९३.६४ रुपैयाँ देखि २८०.९२ रुपैयाँसम्मको रेन्ज तोकेको थियो।  ९३.६४ रुपैयाँ देखि २८०.९२ रुपैयाँसम्मको रेन्ज रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था रहेकोमा १०४ रुपैयाँ ७ पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको कारोबार BHL सिम्बलबाट भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । 

मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सुचिकृत भएको थियो । बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो  भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved