'ढुक्क भएर कुमारी धनवृद्धि योजनामा लगानी गर्नुस्, १०८ प्रतिशतसम्म लाभांश दिन्छौ' : सीओओ शर्मा (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 08:04:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले जेठ १२ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये न्युनतम १ करोड ८० लाख इकाई वा बिक्रि भएको १५ प्रतिशत इकाई कोष प्रबर्दक कुमारी बैंकको लागि छुट्याईएको छ ।   बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २७ गतेसम्म आवेदन दिन सकिने छ ।  

क्यापिटलले यस धनवृद्धि योजनामा ढुक्क भएर लगानी गर्न  लगानीकर्तालाई आग्रह गरेका छ। क्यापिटलका प्रमुख संचालन अधिकृत पुष्प शर्माले बिजपाटीसँग कुरा गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्  ।  उनले क्यापिटलले १० वर्षको अवधिमा बितरण गर्नको लागि प्रक्षेपण गरिएको लाभांश दर यथार्थपरक रहेकोले त्यसमा धेरै तलमाथि नहुने र सोहि अनुसारको लाभांश वितरण गरिने उल्लेख गरेका छन्  ।  त्यस्तै उनले बजारमा लगानी गर्दा सतर्क भएर गर्ने भएकोले ढुक्क भएर यस योजनामा लगानी गरेर बजारमा हुने उतारचढावको कारण ब्यतिगत तनावबाट मुक्त हुन पनि आग्रह गरेका छन्।  

उनले पहिलो २ वर्ष १० प्रतिशत, त्यसपछि ४ वर्ष १२ प्रतिशत, त्यसपछिको २ वर्ष १५ प्रतिशत र अन्तिम वर्ष १० वर्ष गरि दश वर्षको अवधिमा १०८ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरिएको बताएका छन्  । लाभांश वितरणपछि पनि न्याभ २२ रुपैयाँ हुने उनको भनाई छ  ।  

हेर्नुस् क्यापिटलका प्रमुख संचालन अधिकृत पुष्प शर्मासँग गरिएको कुराकानी : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved