हालसम्म कै ठूलो म्युचुअल फण्ड योजना ल्याउँदै एनआईबिएल एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 03:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले 'एनआईबिएल ग्रोथ फण्ड' नामक सामुहिक लगानी कोष योजना संचालनको अनुमति पाएको छ।  एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

क्यापिटलका अनुसार यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहने छ र यो संगै अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन गर्ने म्युचुअल फण्ड योजना हुनेछ । उक्त अवधि भर यस योजनाले बार्षिक प्रतिफल को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ । 

“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् । “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भईसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरिसकेको थियो । त्यस्तै अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ समेत संचालनमा रहेका छन् ।

साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ र यस योजनाले समेत हाल सम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफल समेत कायम राख्न सफल रहेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाईधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्र्दै आईरहेका छन् ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved