स्टक ब्रोकर संघको साधारणसभा आह्वान , नयाँ नेतृत्व चयन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 08:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले साधारणसभा आह्वान गरेको छ । संघले पुस २२ गते होटेल याक एण्ड यतिमा साधारणसभा आह्वान गरेको हो ।

यस साधारणसभाले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । हाल सन्तोष मैनालीको अध्यक्षतामा रहेको कार्यसमितिको २ वर्षे कार्यकाल पुरा भएकोले साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । 

यस्ता छन् संघको साधारणसभामा पेश हुने प्रस्तावहरु:

१) कार्यसमितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.ब. २०७८ ०७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) कोषाध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७८ / ०७९ को सलात आयव्ययको हिसाव सहितको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३) आ.व. २०७९ / ०८० को लागि लेखापरिक्षक नियुक्तीगर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संघको विधान संसोधनको प्रस्ताव छलफलको लागि पेश गरि पारित गर्ने ।

५) कार्य समितिको निर्वाचन / चयन गर्ने ।

६) विविध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved