स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न, अविनाश अग्रवाल सञ्चालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 10:07:01 AM मा प्रकाशित

laxmi  sunrise bank

 स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ  । आइतबार आर्मी अफिसर्स क्लब भद्रकालीमा बैंकका अध्यक्ष  जरिन दारुवालाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम साधारण सभाबाट आर्थिक वर्ष २०२१÷२२ को लागि शेयरधनीहरुलाई २०२२ जुलाई १६ मा भए अनुसार चुक्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभाँश वितरण प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष दारुवालाले समस्त लगानीकर्ताहरु ग्राहक वर्गहरु, नियामक निकायहरु , कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई उनीहरुबाट प्राप्त निरन्तर साथ समर्थनका लागि धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले भनिन् ' गत आ व भरी बाह्य अवस्थाहरु निरन्तर ओरालो लागीरहँदा पनि हामीले संधै बदलिंदो धरातललाई गतिशीलताका साथ ग्रहण गरिरह्यौं । हाम्रो व्यवस्थापन समुह र नेपालमा रहेका कर्मचारीहरुले चुनौतीहरुलाई बावजुद एक बैंकका रुपमा एकजुट भएर उदाहरणीय सामूहिक भावना प्रदर्शन गरेका छन् । हाम्रा सहकर्मीहरुको लगनशीलता र सामूहिक  प्रयासल हामीलाई शेयरधनीहरुको हितमा काम गर्न, ग्राहकहरुको अनुभव विस्तार गर्न र हाम्रा सहकर्मीहरु, ग्राहकहरु र हामीले सञ्चालन गर्ने समुदायहरुको कल्याण सुनिश्चित् गर्न हाम्रो ध्यान केन्द्रित गर्नमा मद्दत पु¥याएको छ ।'

साधारण सभाले श्री अविनाश अग्रवाललाई साधारण शेयर सदस्यहरुबाट नयाँ सञ्चालक सदस्यमा नियुक्त गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्ड समुहको ७०.२१ प्रतिशत र सर्व साधारणको २९.७९ प्रतिशत शेयर रहेको छ ।

 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved