एभरेष्ट बैंकको साधारणसभा सम्पन्न, अधिकृत पुँजी १५०० करोड कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 07:08:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७८/०७९ का लागि १३% बोनस शेयर र ७.६८% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले अधिकृत पूँजी रु. १००० करोडबाट बृद्धि गरि रु. १५०० करोड गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकले ७ प्रतिशत कभर्टिबल प्रिफरेन्स शेयर अन्तिम पटक साधरण शेयरमा परिणत हुने र प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी बृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारणसभाले आ. ब २०७९/८० को लागि एन. अमात्य एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved