रेटिङ कम्पनी इक्रा नेपालले ७२ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 09:48:21 AM मा प्रकाशित

laxmi  sunrise bank

रेटिङ कम्पनीले इक्रा नेपाल लिमिटेडले साधारणसभासभा आह्वान गरेको छ । कम्पनीले पुस २२ गते दिउँसो २ बजे अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले २० प्रतिशत बोनस शेयर र  ५२.१७३१६ प्रतिशत नगद लाभांश गरि कुल ७२.१७३१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/०७९ को आर्थिक विवरण माथि छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५२.१७३१६ प्रतिशतले हुने नगद लाभांश रु ३,१३,०३,८९६/- (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) स्वीकृत गर्ने ।

४) आ.व. २०७९/०८० को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक श्री एस. ए. आर. एसोसिएट्स्, चार्टर्ड एकाउनटेन्स् पुनः नियुक्ति हुन सक्ने ) ।

विशेष प्रस्ताव

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम रु १,२०,००,०००/- (हालको चुक्ता पूँजीको २० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।

२) कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धी गरी सोही बमोजिम प्रबन्धपत्रको दफा ६ (ख) र ६ ( ग ) संसोधन गर्न स्वीकृत गर्ने ।

३) कम्पनीको नियमावलिमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नियम ३८ (३) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने ।

४) प्रस्तावित बुँदा ख (१), ख (२) र ख (३) संशोधनमा नियमनकारी निकायबाट केही फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved