सोल्टी होटेलको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 08:55:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटेलले साधारणसभा आह्वान गरेको छ।  कम्पनीले पुस २८ गते नेपाल प्रज्ञा भवन कमलादीमा साधारणसभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट  ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१.३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । होटेलको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रहेको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

 सामान्य प्रस्ताव

१. आर्थिक वर्ष २०७८/०७९ (२०२१/२२) को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ / ०७९ (२०२१ / २२) का वार्षिक आर्थिक विवरणहरु (Financial Statements), २०७९ आषाढ मसान्तको वासलात (वित्तीय स्थितिको विवरण), सोही मितिमा समाप्त भएको नाफा नोक्सान हिसाब (नाफा वा नोक्सान तथा अन्य विस्तृत आय विवरण), नगद प्रवाह विवरण (नगद प्रवाहको विवरण), तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण र यस कम्पनी तथा कम्पनीको सहायक कम्पनीहरुको आर्थिक वर्ष २०७८ / ०७९ (२०२१/२२) को वित्तीय विवरणहरु समेत समावेश रहेको कम्पनीको एकिकृत आर्थिक विवरणहरु (Consolidated Financial Statements) उपर छलफल गरी पारित गर्ने ।


३. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८ / ७९ (२०२१/२२) को नाफाबाट शेयरधनीहरुलाई लिन मञ्जुर तथा चुक्ता पूँजीको २१.३१५७८९४७% प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को लागि कम्पनीको वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. कम्पनीको सञ्चालक समितिबाट सिफारिश भए बमोजिम कार्यकारी अध्यक्षको पारिश्रमिक तथा सुविधाहरु पारित गर्ने ।

६. कम्पनीको सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई छलफल गरी पारित गर्ने ।

विशेष प्रस्ताव
७. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई ५ प्रतिशतका दरले अर्थात कम्पनीको प्रत्येक २० कित्ता बुक्ता शेयर बराबर १ कित्ताका दरले बोनस शेयर वितरण गर्ने र सोहि अनुसार लिन मन्जुर तथा चुक्ता पूँजीलाई बृद्धि गर्न स्वीकृति प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved