सिभिल क्यापिटल मार्केटको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 05:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटल मार्केट लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बिहिबार  सञ्चालक समितिका अध्यक्ष सुमन आचार्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

 सभाले आ.व. २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७८÷७९ कोे लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीले कम्पनीको १४ औ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गरेको छ। साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई धन्यबाद व्यक्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved