नेपाल इस्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 09:25:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इस्योरेन्सले  साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २२ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।


(क) सामान्य प्रस्तावहरु:-
(१) आ.व. ०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) आ.व. ०७८ / ०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरी पारित गर्ने ।

३) कम्पनीको आ.व ०७८ / ०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु १,३७,८९,९५,८०६/- को ८ प्रतिशतका दरले हुने रु ११,०३,१९,६६४/- ( एघार करोड तीन लाख उन्नाईस हजार छ सय चौसट्टी मात्र) बराबरको वोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुने रु ५८,०६,२९८ - ( अन्ठाउन्न लाख छ हजार दुई सय अन्ठान्नब्बे मात्र ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४) कम्पनीको आ.व. ०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने। (वर्तमान लेखापरिक्षक P. L. Shrestha & Company, Chartered Accountants कानुनत पुनः नियुक्ती हुन सक्नेछ।

ख) विशेष प्रस्तावहरु
१)सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,३७,८९,९५,८०६/- को ८ प्रतिशतका दरले हुने रु ११,०३,१९,६६४/- (एघार करोड तीन लाख उन्नाईस हजार छ सय चौसट्टी मात्र ) बराबरको वोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी गर्दा हुन आउने दशमलव पछीको अंक (Fraction Share) शेयरलाई नपुग रकम सम्बन्धित शेयरधनीबाट प्राप्त गरी एकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम राख्ने) ।

२) कम्पनीको आ.व. ०७८ / ०७९ को वोनस शेयर जारी गरे पश्चात कम्पनीको कायम हुने चुक्ता पूँजि रु १,४८,९३,१५,४७० ।- (एक अरब अठ्चालिस करोड त्रियान्नब्बे लाख पन्ध्र हजार चार सय सत्तरी) तथा बोनस शेयर जारी गर्दा हुन आउने दशमलव पछीको अंक (Fraction Share) शेयरलाई एकमा परिणत गर्दा थप हुने शेयर समेत गरि जम्मा हुने चुक्ता पूजि अनुसार कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजि सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

३) कम्पनीको ७० औं वार्षिक साधारण सभाको निर्णय बमोजिम निजिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिईएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने ।

४) संशोधित प्रबन्ध-पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved