एनएमबि बैंकको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 09:57:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २५ गते सोमबार सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ८.२५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्ताव :
१. आर्थिक वर्ष २०७८ / ०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ अषाढ मसान्तको वासलात र आ.व. २०७८ / ०७९ को नाफा- नोक्सान हिसाब (एकीकृत ईक्विटीमा भएको परिवर्तनको विवरण ) तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गर्ने ( सहायक कम्पनीहरु एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय विवरणहरु समेत),

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७९ / ०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने (हालका लेखापरीक्षक देव एशोसिएट्स र केएमयु एण्ड एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स संयुक्त रुपमा पूनः नियुक्त हुनका लागि योग्य हुनुहुन्छ ।),

४. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम चुक्ता पूँजी रु.१८,३६,६७,०५,९५९ / २४ को ८. २५ प्रतिशतका दरले हुन आउने रु. १,५१, ५२, ५३, २४१ / ६४ नगद लाभांश (कर प्रयोजनका लागि समेत ) वितरणको लागि स्वीकृत गर्ने ।

विशेष प्रस्ताव 

१. बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने,

२. अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर प्रकृया अगाडि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने । साथै, सोका लागि सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्नका लागि मुल्यांकनकर्ता नियुक्त गर्ने, स्वाप रेसियो निर्धारण गर्ने, सोका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा कुनै संशोधन आवश्यक भएमा सो गरि सोको अभिलेख गराउने लगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।

३. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved