बोटलर्स नेपालको दुवै कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 09:05:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपालको दुवै कम्पनीले साधारणसभा आह्वान गरेका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले साधारणसभा आह्वान गरेका हुन् 

बोटलर्स नेपाल लिमिटेडको पुस २७ गते दिउँसो ३ बजे लाजिम्पाटको होटेल र्याडिसनमा सभा आह्वान गरेको हो । त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडले पनि पुस २७ गते नै सोहि होटेलमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर २० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ । 

दुवै कम्पनीको साधारणसभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको भत्ता वृद्धि गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश हुने छन् । बोटलर्स नेपाल तराई लिमिटेडले भने सर्बसाधारण समुहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने छ ।

दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved