एनआरएन नेपाल डेभलपमेन्ट फन्डको साधारणसभा आह्वान , ३ प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 01:58:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा दर्ता भएको कम्पनी एनआरएन नेपाल डेभलपमेन्ट फन्डले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते मंगलबार बालुवाटार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१.आ.व. २०७७/७८ र २०७८/०७९ को संचालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

२. आ.व. २०७७/७८ र २०७८/०७९ को वार्षिक आर्थिक विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

३. संचालक समितिद्वारा आ.व. २०७७/७८ र २०७८/०७९ का लागि नियुक्त गरेको लेखापरीक्षकको नियुक्ती अनुमोदन गर्ने र आ.व. २०७१/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. संचालकहरुको नियुक्तिका लागि निर्वाचन गर्ने सम्बन्धमा ।

५. चुक्ता पूँजीको जम्मा ३ (तीन) प्रतिशत बराबरको हुन आउने रकम रू. २३,९९,५००/- (अक्षरुपी तेइस लाख उन्नास हजार पाँच सय रुपैयाँ) कर सहित लाभांश स्वरुप वितरण गर्ने सम्बन्धमा ।

आ.व २०७७/७८ र २०७८/०७९ को सचालकहरुको बैठक तथा अन्य सुविधा भत्ता खर्च अनुमोदन गर्ने सम्बन्धमा ।

७. संचालकहरुको बैठक, भ्रमण भत्ता तथा अन्य सुविधा तथा खर्च निर्धारण गर्ने सम्बन्धमा ।

८. विविध ।


यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । कम्पनीमा  नेपाल सरकारको ५ प्रतिशत लगानी छ । कम्पनीले ६० प्रतिशत पुँजी एनआरएनलाई आईपिओ निष्काशन गरेर जुटाउने तयारी गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved