सानिमा बैंकको साधारण सभा सम्पन्न, २ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 03:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज आइतबार साधारणसभा गरेको हो । 

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई निर्वाचित गरेको छ । 

आर्थिक बर्ष २०७८÷७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved