मर्चेण्ट बैंकर्स संघद्वारा अर्थ मन्त्री पौडेलसँग भेटवार्ता, बुझाए विस्तृत विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 05:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन्  । आज  अर्थ मन्त्रालयमा पौडेलसंग भेट गरि संघका पदाधिकारीले  बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

साथै पौडेलको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् । भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved