अर्थमा विष्णु पौडेलको २ साता: शेयरबजारमा २५८ अंकको वृद्धि, २९ अर्ब ६३ करोड कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 03:40:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रीको रुपमा शेयर बजारका लगानीकर्ताले रुचाएका पात्र हुन् विष्णु प्रसाद हुन् । यसपटक पनि उनले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा शेयर बजारमा उछाल देखिएको छ ।

उनले मन्त्रालय सम्हालेको २ साताको अवधि मै शेयर बजार परिसूचक नेप्से २५८.८७ अंकले बढेको छ। यस बीचमा जम्मा ९ दिन मात्र शेयर कारोबार भएको छ। कुल ९ दिन मध्ये ७ दिन बजार बढेको छ भने २ दिन मात्र घटेको छ। यस बीचमा पुस १३ गते बजार ११.८० अंकले घटेको थियो भने पुस १९ गते ३.०२ अंकले घटेको थियो । यी दुई दिन बाहेक अन्य सबै दिन बजार बढेको छ । ९ कारोबार दिन मध्ये ४ दिन बजार ५० अंक भन्दा धेरैले बढेको छ। पुस २० गते बजार सर्वाधिक ६४.७७ अंकले बढेको छ ।

यी ९ कारोबार दिनमा कुल २९ अर्ब ६३ करोड ७ लाख ८७ हजार ३ सय ८४ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ । आज बिहिबार मात्रै ५ अर्ब बढीको शेयर कारोबार भएको छ ।  

पदमा नियुक्त भएपछि मन्त्री पौडेलले आन्दोलनमा रहेका व्यवसायीसँग वार्ता गरेर उनीहरुको आन्दोलन स्थगित गराएका थिए । त्यस्तै उनले विभिन्न चरणमा  छलफल गरेर उद्योगी व्यवसायीहरुले संशोधन गर्न माग गरेको चालु पुँजीकर्जा मार्गदर्शन संशोधन गराउन सफल भए । 

हेर्नुस् २ साता अवधिमा कुन कारोबार दिनमा सूचक कति बढ्यो र कति कारोबार भयो : 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved