ब्रोकर संघको अध्यक्षमा सापकोटा र भुषालको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 07:58:45 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा दुई जना प्रत्यासी देखिएका छन् । हालका उपाध्यक्ष धर्मराज सापकोटा र हालका महासचिव गुणनिधि भुषालले अध्यक्षमा दाबी गरेका हुन् । 

सापकोटा ब्रोकर न्म्बेर ३७ स्वर्णलक्ष्मी सेक्युरिटिजका अध्यक्ष हुन् भने भुषाल ब्रोकर न्म्बेर ५७ आर्यतारा सेक्युरिटिजका प्रबन्ध निर्देशक हुन् । 

शुक्रबार होटेल याक एण्ड यतिमा संघको साधारणसभा हुदै छ । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ । हाल सन्तोष मैनालीको अध्यक्षतामा रहेको कार्यसमितिको २ वर्षे कार्यकाल पुरा भएकोले साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । 

यद्यपि नयाँ नेतृत्व चयनको सम्पूर्ण कार्यक्रम शनिवार रहेको अध्यक्ष मैनालीले बताए । नयाँ नेतृत्व चयनको लागि मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, दाबी विरोध लगायतका सम्पूर्ण कार्यक्रम शनिवार रहेको उनले बताए । सकेसम्म सहमतिबाट नै नयाँ नेतृत्व चयन हुने र सहमति हुन नसकेमा शनिवार मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने उनको भनाई छ । सकेसम्म सहमतिमा जोड दिईएको उनले बताए ।


संघको साधारणसभामा निम्न प्रस्ताव पेश गर्ने कार्यसूची छ:

१) कार्यसमितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.ब. २०७८ ०७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) कोषाध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७८ / ०७९ को सलात आयव्ययको हिसाव सहितको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३) आ.व. २०७९ / ०८० को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संघको विधान संसोधनको प्रस्ताव छलफलको लागि पेश गरि पारित गर्ने ।

५) कार्य समितिको निर्वाचन / चयन गर्ने ।

६) विविध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved