चन्द्र ढकाल र अम्बिका पौडेल चन्द्रागिरी हिल्सको संचालकबाट बाहिरिए, यस्तो छ नयाँ टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 12:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्र ढकाल र अम्बिका पौडेल चन्द्रागिरी हिल्सको संचालकबाट बाहिरिएका छन्। कम्पनीको पुस २१ गते सम्पन्न १३ औ साधारणसभाले नयाँ संचालक समिति गठन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फवाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका वमोजिम नयाँ संचालक र्निविरोध निर्वाचित भएका हुन् । जस अनुसार आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग तथा दिलिप शेखर श्रेष्ठ र्निविरोध निर्वाचित हुन्।

साधारणसभा सम्पन्न भएपश्चात बसेको कम्पनीको संचालक समितिको बैठकले हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यस अघि चन्द्र ढकाल कम्पनीको अध्यक्ष थिए ।

दिलिप शेखर श्रेष्ठ संचालक समितिमा आएका हुन् । यस अघि ७ जना संचालक रहेकोमा अब कम्पनीले ६ जना मात्र संचालक चयन गरेको छ ।

यस्ता छ कम्पनीको नयाँ संचालक समिति : 

१ हेमराज ढकाल: अध्यक्ष
२.उत्तम कुमार नेपाल :संचालक सदस्य
३.कल्याण गुरुङ्ग: संचालक सदस्य
४. दिलिप शेखर श्रेष्ठ: संचालक सदस्य
५. उमा विष्ट जि.सी : गत वर्ष सर्वसाधारण शेयरधनी समुहबाट निर्वाचित संचालक सदस्य
६. प्रेमराज जोशी: गत वर्ष स्वतन्त्र संचालकका रुपमा नियुक्त संचालक सदस्य 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved