आरोप प्रमाणित भए गुरु न्यौपानेलाई के हुन्छ कारवाही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 05:49:43 PM मा प्रकाशित

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले भित्री कारोवार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । चैत्र ८ गते बुधबार सरकारी जिल्ला वकिलको कार्यालयले उनी विरुद्द उद्दा दायर गरेको हो ।

रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले मुद्दा दर्ता गरिएको धितोपत्र बोर्डले जनाएको छ ।  निज उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई मुद्दा दायर भएको हो । 

के हुन्छ कारवाही ?

उनी विरुद्द धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई मुद्दा दायर भएको हो । ऐनको दफा १०१ को उपदफा १ मा दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।  बोर्ड स्रोतका अनुसार उनी विरुद्द  ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरिएको हो ।  बोर्डको अनुसन्धानबाट न्यौपानेले उक्त रकम बराबरको विगो कसुर गरेको खुल्न आएको बोर्ड स्रोतले जनाएको छ । यदि अदालतबाट उनी दोषी ठहर भए उनलाई  ३ करोड २३ लाख जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने छ । 

के हो उनले गरेको कसुर ?

उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको कसुर गरेको बोर्डले उल्लेख गरेको छ। दफा ९१ मा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफुले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफुलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख छ ।  “भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

बोर्डका अनुसार रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरी  भित्री कारोवार गरेको देखिएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved