१२ वटा प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 11:01:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रियामा रहेको प्राइम लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ६ गते बुधबार अग्रवाल सेवा केन्द्र कमलपोखरीमा सभा आह्वान गरेको हो ।

सभामा मर्जर समबन्धि १२ प्रस्ताव पेश हुने छन् । यूनियन लाइफ इन्स्योरेन्स , प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स बन्ने भएका हुन् । यी ३ कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् ।

प्नराइम लाइफले विशेष साधारणसभा प्रयोजनको लागि चैत्र २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको विशेष साधारणसभामा पेश हुने विशेष प्रस्तावहरु :

१. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम "हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड" तथा अंग्रेजीमा 'Himalayan Life Insurance Limited कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि मुल्यांकनकर्ता सुबोध एण्ड एशोसिएट्स, चार्टड एकाउण्टेन्टसद्वारा तयार गरिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चल अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (Due Diligence Report) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीनै कम्पनीको शेयर अनुपात क्रमशः १ १ १ कायम गरी गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र ( Scheme of Agreement ), सहमतीपत्र (Memorandum of Understanding) तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने ।

५. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (Due Diligence Report) तयार गर्नका लागि नियुक्त हुनु भएका लेखापरीक्षक/ मुल्यांकनकर्ताको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गर्ने ।

६. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने / गाभिने (मर्जर) प्रयोजनको लागि भएको संझौता बमोजिम सो को आवश्यक स्वीकृतिको लागि नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणमा निवेदन गर्न र गाभ्ने गाभिने कार्यसंग सम्बन्धित प्रचलित कानुन, निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन भए बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, गाभ्ने गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्ने लगायतका आवश्यक कार्य गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

७. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात गठन हुने संचालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार संचालक समितिलाई दिने तथा गाभिए पश्चात बन्ने कम्पनीको संचालक समितिमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट चयन भई आउनु हुने संचालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने ।

८. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साविक संचालक समितिका पदाधिकारीहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भएता पनि गाभिने कार्य सम्पन्न भई साविक तिन वटै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ संचालक समिति गठन भए पश्चात विद्यमान संचालकहरुको कार्यकाल स्वतः समाप्त भएको मानिने साथै नयाँ संचालक समितिको कार्यकाल समेत गाभिए पछि बन्ने संस्थाको प्रथम बार्षिक / बिशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्ने ।

९. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १ काठमाण्डौंमा रहने तथा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

१०. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको नाम, अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी वृद्धि हुने हुँदा सोहि मुताबिक कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संसोधन गरी अधिकृत पूंजी जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने ।

११. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन गर्ने प्रस्ताव पारित गर्ने ।


१२. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने उपरोक्त संशोधनहरुमा नियमनकारी निकायले कुनै फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नुपर्ने भएमा सो अनुसार गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved