एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, अधिकृत पुँजी ६ अर्ब पुर्याउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 09:14:28 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १८ गते सिमराको होटेल क्लासिकमा सभा आह्वान गरेको हो । 

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट हालको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर र ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्ताव  :

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ / ७९ (NERS बमोजिम ) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु छलफल तथा पारित गर्ने बारे ।

३. संचालक समितिबाट प्रस्तावित नगद लाभांश (कर प्रयोजनको लागि ) ०.४४७% ले हुन आउने रु.१,३०,०९,९७०/ पारित गर्ने बारे ।

४. आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।


विशेष प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७८ / ७९ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,९०,८१,११,०७५/- को बोनस शेयर ८.५०% ले हुन आउने रु. २४, ७१,८९, ४४२/- रकम बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।

३. कम्पनीको अधिकृत पूँजी रु. ५ अर्बलाई वृद्धि गरी रु. ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६.१ (क) मा संशोधन गर्ने बारे ।

४. कम्पनीको विशेष प्रस्ताव अन्तर्गत नं. २, ३ र ५ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

५. कम्पनीले व्यवसायीक रुपमा भाडामा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने बारे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved