जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 05:49:44 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आइतबार कम्पनीको सभा सपन्न भएको हो । 

 उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७८÷०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.१४ करोड ७९ लाख ६ हजार को ०.७८९५ प्रतिशतले हुन आउने रकम रु. ११ लाख ६७ हजार ६ सय ७९ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु.२ करोड २१ लाख ८५ हजार ९ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रु २५ करोड बाट बृद्धि गरी रु ५० करोड पु¥याउने प्रस्ताव पारित भएको छ। 

त्यस्तै नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ती÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ  ।

सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा देखा परेको चूनौतीको समाधानका लागि दिर्घकालिन रणनिति तथा योजनाहरु निमार्णमा लागि सदस्यहरुको  गुनासोको उचित व्यवस्थापन गर्ने गरि वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved