किसान लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश तथा एफपिओ निष्काशन प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 10:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सो वापत लाग्ने कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरेर कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको  छ । 

बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी रु.५० करोड ४३ लाख ६६ हजार ४६७ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । कम्पनीको साधारण सभाले आ.व. ०७८÷०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आ. व. ०७८÷०७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक शेयर (एफपिओ) निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । बोनश शेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब रु.६४ करोड २३ लाख पुग्ने देखिन्छ । सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।

धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved