लिबर्टी इनर्जीद्वारा एकसाथ ३ आर्थिक वर्षको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 02:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख २५ गते सोमबार अमृतभोग क्याटरर्समा कम्पनीको ११ औ, १२ औ र १३ औ साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको सभामा हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्ष ज्यूद्धारा प्रस्तुत आ. व. २०७६ / ०७७, २०७७/०७८ र २०७८ / ०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. कम्पनीको लेखापरिक्षकले पेश गर्नु भएको आ.व. २०७६/०७७, २०७७/०७८ र २०७८ / ०७९ को लेखा परिक्षण प्रतिवेदन तथा वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने ।

३. संचालक समितिको निर्णय बमोजिम कम्पनीले आ.व. २०७७ / ७८ र आ.व २०७८ / ७९ का लागी कम्पनी ऐन २०६३ को दफा ११३ बमोजिम नियुक्त लेखापरिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७९ / ०८० को लागी लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संस्थापक समुहबाट ५ जना र सर्वसाधारण समुहबाट १ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने ।

विशेष प्रस्ताव 

 १. प्रबन्ध पत्रको दफा ६ (क), (ख), (ग) र (घ) बमोजिम हाल कायम रहेको पूँजीको संरचनामा संशोधन गर्ने तथा अख्तियारी सम्बन्धमा ।

२. नियमावलीको नियम २७ को उपनियम २ संसोधन गर्ने तथा अख्तियारी सम्बन्धमा ।

३. कम्पनीको चुक्ता पूँजीको ५०% बराबरको हकप्रद शेयर निष्कासन गर्ने तथा अख्तियारी सम्बन्धमा ।

४. कम्पनीले आफ्नो चुक्ता पूँजी र संचित मुनाफा भन्दा बढि हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागी स्वीकृती दिने सम्बन्धमा ।

५. जलविद्युत कम्पनीहरु गाम्ने / गाभिने तथा प्राप्ति (एक्विजिसन), खरीद गर्ने तथा नयाँ परियोजनामा लगानी गर्ने प्रक्रिया अगाडी बढाउनका लागी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ६. हाल कम्पनीको स्वामित्वमा रहेका निर्माण प्रक्रियामा जान बाँकी आयोजनाहरुको निर्माणका लागी आवश्यक पूँजी व्यवस्थापन गर्न तथा हक हस्तान्तरण गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved