बेस्ट फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 09:04:13 AM मा प्रकाशित

laxmi  sunrise bank

बेस्ट फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

सामान्य प्रस्ताव

१. यस बेष्ट फाइनान्स कम्पनी लि. को आ. ब. २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७२/०७९ को बार्षिक वित्तीय विवरण (२०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.ब. २०७१/०८० को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन ( Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved