मर्जर प्रस्ताव पारित गर्न युनाईटेड र अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 09:35:15 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले वैशाख २५ गते विशेष साधारणसभा आह्वान गरेका हुन् ।

युनाईटेड इन्स्योरेन्सको साधारणसभा अनमोल ब्यान्क्वेटमा हुने छ भने अजोड इन्स्योरेन्सको साधारणसभा युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा हुने छ । दुवै कम्पनीको साधारणसभामा मर्जर सम्बन्धि विशेष प्रस्तावहरु पेश हुने छन् ।

साधारणसभामा मर्जर प्रस्ताव पारित गर्ने, मर्जरको लागि हालसम्म भएका कार्यहरु अनुमोदन गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, संचालक चयन गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने र मर्जर सम्बन्धि बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यी दुई कम्पनी १००:८२.५ को स्वापमा मर्ज हुन लागेका हुन् । अर्थात् युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको १०० बराबर १०० कित्ता नै शेयर पाउने छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले १०० बराबर ८२.५ कित्ता शेयर पाउने छन् । मर्जर पछि बन्ने कम्पनीको नाम युनाईटेड अजोड इन्स्योरेन्स रहने छ भने मुख्य कार्यालय सुन्धारामा रहने छ ।

विशेष साधारणसभाको लागि अजोड इन्स्योरेन्सले वैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने युनाईटेड इन्स्योरेन्सले वैशाख १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved