यसरी भयो दोल्ती पावर कम्पनीको आईपिओ बाँडफाँड, १ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 03:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र शेयर पाउँनको लागि योग्य रहेको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ । 

गोलाप्रथा अमर्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।  जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  


कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ७१ हजार ८ सय ८१  कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ।

 दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७६ पुस ८ गतेदेखि विजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved