सिटिजन्स क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 09:28:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसँगै यस निष्काशनमा अब वैशाख २० गतेसम्म  आवेदन दिन सकिने छ 

क्यापिटलले वैसाख ६ गतेबाट सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिकी खुला गरेको हो । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड कित्ताको लागि दिन सकिने छ ।  

हाल क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved