सस्तो डिलका कर्मचारीले एनआईबिएल एस क्यापिटलको एसआईपी मार्फत लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 03:10:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबीएल एस क्यापिटल लिमिटेड र सस्तो डिल प्रा.ली.बिच सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “कर्पोरेट पेरोल एसआईपि” मार्फत सस्तो डिलका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ सम्झौता भएको क्यापिटलले जनाएको छ ।

उक्त सम्झौतामा सस्तो डिलका तर्फबाट कम्पणीकी प्रमुख वित्त अधिकृत सुमित्रा के.सी. र एनआईबीएल एस क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सस्तो डिलका विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (एसआईपि) मार्फत लगानी गर्न सक्नेछन् । एनआईबीएल एस क्यापिटलले नेपाली कै पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना 'एनआईबिएल सहभागिता फण्ड' संचालन गरिरहेको छ । सस्तोडिलका कर्मचारीले सोहि फण्डमा व्यवस्थित लगानी योजना (एसआईपि) मार्फत लगानी गर्ने भएका हुन् ।

 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved