सेयर ब्रोकरद्वारा सरकारसँग सुरक्षाको माग, लगानीकर्ताबाट धम्की आएको गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 01:01:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारसँग सेयर कारोबारको सेवा दिंदै आएका सेयर ब्रोकरहरुले सुरक्षाको माग गरेका छन्। सेयर लगानीकर्ताको धम्की र चेतावनीका कारण निर्वाध रुपमा सेयर कारोबारको सेवा दिन असुरक्षा महसुस भएको भन्दै सेयर ब्रोकरहरुले सुरक्षाको माग गरेका हुन्। 

सेयर ब्रोकरहरुको छाता संगठन 'स्टक ब्रोकर एसोसिएसन अफ नेपाल'  'एसबिएएन' ले आज एक विज्ञप्ती जारी गरेर यस्तो माग गरेको हो। नेपाल सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८० को आर्थिक विधेयकमा उल्लेख केहि व्यवस्थालाई लिएर आन्दोलित लगानीकर्ताबाट धम्की तथा चेतावनी आएको बिज्ञप्तीमा उल्लेख छ। 

आन्दोलित लगानीकर्ताका समुहले सेयर ब्रोकरको कार्यालयमै पुगेर आफ्ना माग पुरा नभएसम्मको लागि आइतबारदेखि कारोबार बन्द गर्नलाई चेतावनी दिएकोले आफुहरुले निर्वाध रुपमा सेयर दिनलाई सुरक्षा जोखिम देखेको सेयर ब्रोकरको भनाई छ। 

"लगानीकर्ताबाट आएको धम्कि तथा चेतावनीका कारण आगामि दिनहरुमा निर्वाध रुपमा कार्यलय खोलि व्यवसाय र कारोबार संचालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुलाई ध्यानाकार्षण गराउन चाहान्छौं" विज्ञप्तीमा भनिएको छ।  

सेयर ब्रोकर संघले आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार संचालन गर्न वातावरण मिलाई दिनलाई नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतका सरोकारवालालाई गुहारेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved