समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 09:32:44 AM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले असार ३ गते अरनिको पार्टी प्यालेस बनेपामा साधारणसभा बोलाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले हाल कायम चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ  १३.५६ प्रतिशतले हुन आउने ६ करोड ७० लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ ।

कम्पनीको सभामा  ८ लाख ५३ हजार ६ सय ६५ कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।   सभामा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक र सर्वसाधारण सेयरधनीको शेयर अनुपात ७० र ३० प्रतिशत कायम गर्ने कम्पनीले एफपिओ निष्काशन गर्न लागेको हो।

त्यस्तै सभामा मर्जर प्रस्ताव पनि पेश हुने छ । नेशनल माइक्रोफाइनान्स र समीट माइक्रोफाइनान्स मर्जर प्रक्रियामा रहेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved