लगानीकर्ताको आन्दोलनमा ब्रोकरको पूर्ण साथ, ३ वटा ब्रोकरको मात्र सिस्टम खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 11:25:12 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताको आन्दोलनमा शेयर ब्रोकरहरुले पूर्ण साथ दिएका छन् । बिजपाटीलाई प्राप्त सूचना अनुसार बिहान ११:१५ को समयमा स्टक डिलर सहित कुल ५१ ब्रोकर रहेकोमा ति मध्ये ३ वटाको मात्र सिस्टम खुला रहेको छ ।

सुरुमा ६ वटा ब्रोकरले सिस्टम खुला गरेपनि ३ वटा ब्रोकरले सिस्टम बन्द गरेको पाइएको छ । नेप्से उच्च  स्रोतका अनुसार ११:१५ बजेको समयमा ४८ ब्रोकरको सिस्टम बन्द छ भने ३ वटाको मात्र सिस्टम खुला रहेको छ ।

लगानीकर्ताले ब्रोकर हाउसमा ताला लगाए पनि ब्रोकरले डिएनए लगइन गरेपछि लगानीकर्ताले अनलाइन मार्फत शेयर कारोबार गर्न सक्दथे । तर सुरुमा ६ ब्रोकरले डिएनए लगइन गरेकोमा सुरुमा २ र पछि थप १ ब्रोकरले डिएनए लगइन बन्द गरेका हुन् । 

ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले पनि ९९ प्रतिशत कारोबार अनलाइन मार्फत गरिने भएकोले ब्रोकर हाउसमा ताला लागे पनि कारोबार गर्न सकिने बताएका थिए । तर ब्रोकरहरुले नै डिएनए लगइन नगरेर तथा गरेको लगइन पनि बन्द गरेर लगानीकर्ताको टिएमएस बन्द गराउने अभियानमा खुलेरै साथ दिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved