जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 08:11:27 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज जेठ २२ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज जेठ २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 कम्पनीले असार ४ गते रुपन्देहीको द एसआर होटेलमा सभा आह्वान गरेको छ । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, प्रबन्धक पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामकबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने, मर्जरबारे निर्णय गर्ने अख्तियार संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छन् 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved