हिमाल दोलखाको १५ लाख कित्ता शेयर साउन २२ देखि लिलाममा, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 11:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको १५ लाख ७७ हजार २ सय ११ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

लिलामीको शेयरमा लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणघाट,  पोखरा, बाग्लुंग, बुटवल, नेपालगंज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगर बाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ ।  सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म हकप्रद निष्काशन गरेको थियो ।  कम्पनीले हालको  पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई १ करोड ४ लाख २२ हजार ७ सय ८९ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बिक्री नभएको शेयर लिलाम हुन लागेको हो । 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved