लक्ष्मी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 08:54:41 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको लक्ष्मी भ्यालु फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ ।  क्यापिटलले साउन ५ गतेदेखि  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि लक्ष्मी भ्यालु फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार ८० करोड  रहेको छ ।  क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले फण्डको ८ करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक लक्ष्मी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ८० लाख इकाईको लागि दिन सकिने छ ।  यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

हाल क्यापिटलले लक्ष्मी इक्विटी फण्ड, र लक्ष्मी उन्नति कोष नामक  बन्दमुखी म्युचुअल फण्ड योजना र शुभ लक्ष्मी कोष नामक खुलामुखी म्युचुअल फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved