एनआइसी एशिया क्यापिटलको ओपन म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 04:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल लिमिटेडले संचालन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को लाभांश घोषण भएको छ । क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ / ०८० को  एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” को लाभांश घोषणा गरेको हो ।

जस अनुसार योजनाका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने क्यापिटलले जनाएको छ । उक्त प्रतिफल २०८०/०४/१९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरि बुक क्लोज गरिएको क्यापिटलले उल्लेख गरेको छ।

“एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” बाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि Dividend Re-investment Plan संचालन गरिरहेकोले उक्त योजनामा सहभागी हुनको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://bit.ly/3Ef0Kvw मा क्लिक गरि रितपुर्वक विवरण भर्न क्यापिटलले आग्रह गरेको छ ।

रितपुर्वक आवेदन प्राप्त इकाईधनीहरुको प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार उक्त Dividend Re-investment Plan मा सहभागी हुन मिति २०८० / ०४ / ३२ गतेसम्म आवेदन दिन सकिने छ। उल्लेखित समय भित्र Dividend Re-investment Plan मा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम मिति २०८०/०५/०१ गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने क्यापिटलले जनाएको छ। Dividend Re-investment Plan मा सहभागि हुनको लागि आवेदन दिएका इकाईधनीहरुको हकमा प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागि हुन मिल्ने अन्तिम दिन अर्थात मिति २०८० / ०४ / ३२ गते कायम प्रति इकाई खुद सम्पत्ति मुल्यले गणना गर्दा प्राप्त हुने इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved